काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंको सेवा प्रवाह दुई दिन प्रभावित भएको छ ।
वैशाख ३० गते हुने स्थानिय तहको चुनावको लागि कार्यलयमा कार्यरत कर्मचारीहरु खटिएको कारण कारण वैशाख २८ र २९ गते सेवा प्रभावित हुने कार्यलयले जानकारी दिएको हो ।
यस्तै वैशाख ३० गते स्थानिय तहको चुनावको कारण सरकारले सार्वजनिक बिदा दिएको छ । साे दिन सवारीसाधनहरु आवतजावतमा पनि रोक लगाइएको छ ।