दाङ । नेपाल एमाले तुलसीपुर नगर कमिटीको निर्णय अनुसार तुलसीपुर उपमहानगरपालिका-१७ मा उम्मेदवारका प्रत्यासी स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीलाई उम्मेदवारी बनाइएको छ ।
अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको गएको सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि उनका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्णयसँगै प्रदीपले उम्मेदवारी दर्ता गरिसेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको निर्वाच अधिकृतको कार्यालयले आज १ बजेसम्म उम्मेदवारी देताको समय राखेको थियो । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।
वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।