वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

<p>रुकुम पूर्व । जिल्लामा एक महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूसहित थप एकजना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई पक्राउ गरिएको थवाङ गाउँपालिका–१ की ३९ वर्षीया जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई [&hellip;]</p>

रुकुम पूर्व । जिल्लामा एक महिलाको हत्या गरेको आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूसहित थप एकजना पक्राउ परेका छन् ।

पुथाउत्तरंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढालाई पक्राउ गरिएको

थवाङ गाउँपालिका–१ की ३९ वर्षीया जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकुमार पहाडीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत रुकुमकोटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

मृतक बुढा गत वैशाख १९ गते राति हराइरहेकोमा गत २६ गते स्थानीय जंगलमा शव भेटिएको थियो । महिलाको हातखुट्टामा चोट देखिएको प्रहरीले जनाएको छ ।

 

Share News