बुधबार १३ कम्पनीको सकारात्मक सर्किट लाग्दा दुई अर्बभन्दा बढीको कारोबार

<p>काठमाडौं । आइतबारदेखि लागतार बढेको नेप्सेले आज पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको हो । सेयर मूल्यसँगै कारोबार मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा आज करिब ८१ लाख बढीको कारोबार भएको छ । आइतबारदेखि बढेको नेप्से परिसूचक आज मंगलबार ४४.१६ अंकले बढेको थियो भने आज ५६ अंकले बढेसँगै २३६९.०६ [&hellip;]</p>

काठमाडौं । आइतबारदेखि लागतार बढेको नेप्सेले आज पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको हो । सेयर मूल्यसँगै कारोबार मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा आज करिब ८१ लाख बढीको कारोबार भएको छ ।

आइतबारदेखि बढेको नेप्से परिसूचक आज मंगलबार ४४.१६ अंकले बढेको थियो भने आज ५६ अंकले बढेसँगै २३६९.०६ को विन्दुमा पुगेको छ ।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख कित्ता सेयर दुई अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड रुपैयाँ बराबर भएको थियो ।

नेप्सेका १३ वटा उपसूचक सबैमा हरियाली छाएको छ । बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबार कारोबार रकमका आधारमा १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर अरुणभ्याल्ली हाइड्रो पावर शीर्षस्थानमा रह्यो ।

Share News