लगातार चारदिन बढेको नेप्से १९ अंकले घट्यो

<p>काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज १८.६४ अंकले घटेको छ । आइतबार १७.९५ अंक, सोमबार नेप्से परिसूचक १२.२७ अंक, मंगलबार ४४.१६ अंक र बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको थियो । सेयर मूल्य घटे पनि कारोबार मूल्य भने बढेको छ। बुधबारको तुलनामा आज करिब १६ लाख बढीको कारोबार भएको छ । [&hellip;]</p>


काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज १८.६४ अंकले घटेको छ ।

आइतबार १७.९५ अंक, सोमबार नेप्से परिसूचक १२.२७ अंक, मंगलबार ४४.१६ अंक र बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको थियो ।

सेयर मूल्य घटे पनि कारोबार मूल्य भने बढेको छ। बुधबारको तुलनामा आज करिब १६ लाख बढीको कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका २२८ कम्पनीको ४० लाख कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब १६ करोड रुपैयाँ बराबर भएको थियो ।

नेप्सेका १३ वटा उपसूचकमध्ये ११ वटा राताम्मे भएका छन् । बिहीबार कारोबार रकमका आधारमा ११ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो ।

आज जाल्पा लघुवित्तको सेयर मूल्यमा सर्किट लाग्दा तेह्रथुम हाइड्रोको ६.२० प्रतिशतले बढ्यो । त्यस्तै धेरै गुमाउनेमा सूर्योदय वोमी लघुवित्तको नकारात्मक सर्किट लागेको छ ।

Share News