मतगणना सुरु भएको ५ दिनभित्र मतपरिणाम आइसक्ने

<p>काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको ५ दिनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतगणना आज ५ बजेसम्म जारी रहनेछ । मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गर्ने गरी तयारी भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मदतान सकिएको केही बेरमा देशभर कति मत खस्यो भनेर [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको ५ दिनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतगणना आज ५ बजेसम्म जारी रहनेछ ।

मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गर्ने गरी तयारी भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मदतान सकिएको केही बेरमा देशभर कति मत खस्यो भनेर तथ्याङक आइसके पछि मतगणनाको सुरु हुने छ ।

मतपत्र थोरै भएको ठाउँमा आज साझनै मतगणना भइसक्ने पनि निर्वाचन आयोगले जानकारी दिएको छ । गत चुनावमा काठमाडौं महानगरको मतगणना सकिन १७ दिन लागेको थियो ।

आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।

उक्त केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् ।

Share News