२१ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ स्थानमा विजयी

<p>काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर देशभरका पालिकाहरूमा मत गणना जारी छ । थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले एमाले र नेपाली कांग्रेस अग्रस्थानमा उभ्याएका छन् । हालसम्म निर्वारोध भएकासहित २१ पालिकाको नजिता सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमाले र कांग्रेसले ८/८ [&hellip;]</p>

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर देशभरका पालिकाहरूमा मत गणना जारी छ । थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ ।
सम्पन्न भएका स्थानीय तहको मत परिणामले एमाले र नेपाली कांग्रेस अग्रस्थानमा उभ्याएका छन् । हालसम्म निर्वारोध भएकासहित २१ पालिकाको नजिता सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमाले र कांग्रेसले ८/८ स्थानीय तहमा प्रमुख पद जितेर अघि लागेको छ ।
नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८/८, नेकपा माओवादी केन्द्रले ३ पालिका र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।

एमाले
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
लोमन्थाङ गाउँपालिका मुस्ताङ
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
बझाङको साइपाल गाउँपालिका

नेपाली कांग्रेस

गुल्मीको गुल्मीदरबार गाउँपालिका
डडेलुधराको गन्यापधुरा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका
गुल्मीको रेसुङ्गा नगरपालिका
मनाङको नासो गाउँपालिका
गुल्मीको गुल्मीदरबार गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका
डोटीको बडीकेदार गाउँपालिका

नेकपा माओवादी केन्द्र
दैलेखको नौमुले गाउँपालिका
डोल्पाको जगदुल्लाह गाउँपालिका

बागलुङकाे ताराखाेला गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध

Share News