गोरखाको अजिरकोट गाउँपालिकामा माओवादीको जित

<p>काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । सो पालिकाको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका गोविन्द गुरुङलाई पछि पार्दै देवकोटा निर्वाचित भएका हुन । उनले ३ हजार ७८७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी गुरुङले ३ हजार २८९ मत ल्याएका छन् [&hellip;]</p>

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । सो पालिकाको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका गोविन्द गुरुङलाई पछि पार्दै देवकोटा निर्वाचित भएका हुन । उनले ३ हजार ७८७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी गुरुङले ३ हजार २८९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा बिजयी बनेकी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन् ।

कुल पाँच वटा वडा रहेको उक्त पालिकामा तीन वटा माओवादी केन्द्रले र बाँकी दुई वटा कांग्रेसले जितेको हो । वडा नम्वर १,२,३ मा माओवादी केन्द्र र ४, ५ मा कांग्रेस बिजयी भएका हुन् ।

Share News