पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुँदै

<p>काठमाडौं । आज (जेठ ६ गते) देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । यसअघि शुक्रबारको दिन बन्द हुने सेयर कारोबार अबदेखि उक्त दिन खुल्ने भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले यसअघि आइतबारदेखि बिहीबारसम्म मात्रै सेयर बजार खुल्ने गरेको थियो । तर अब आइतबार बन्द भएर त्यसको सट्टा शुक्रबार खुल्ने भएको हो [&hellip;]</p>

काठमाडौं । आज (जेठ ६ गते) देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । यसअघि शुक्रबारको दिन बन्द हुने सेयर कारोबार अबदेखि उक्त दिन खुल्ने भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले यसअघि आइतबारदेखि बिहीबारसम्म मात्रै सेयर बजार खुल्ने गरेको थियो । तर अब आइतबार बन्द भएर त्यसको सट्टा शुक्रबार खुल्ने भएको हो ।

सरकारले यहि जेठदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय छ । सोहि अनुसार सेयर बजार सञ्चालक नेप्सेले पनि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार अब आइतबार बजार बन्द गरेर शुक्रबार खुलाउने निर्णय गरेको छ ।

यससँगै सातामा ५ दिन सेयर कारोबार खुल्ने छ । कारोबार समय भने उहि नै अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने छ ।

हरेक साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयमा पनि केही परिमार्जन गरेको छ । नयाँ निर्णय अनुसार सरकारले कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म तोकेको छ । हालसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय तोकिएको थियो ।

 

Share News