काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा संस्थाको १५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।
यससँगै संस्थाको थप ३० लाख कित्ता सेयर नेप्सेमा थपिएको छ । उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।