बीमाशुल्कमा चार जीवन बीमा कम्पनीको प्रतिस्पर्धा, कुनको कति ? (सूचीसहित)

<p>काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको ९ महिनामा १९ कम्पनीहरुले सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका हुन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमै रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २६ अर्ब ३७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन [&hellip;]</p>

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको ९ महिनामा १९ कम्पनीहरुले सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका हुन् ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमै रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २६ अर्ब ३७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ४५ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

यता विभिन्न चार कम्पनीबीच एक आपसमा ‘नेक टु नेक’ प्रतिस्पर्धा भएको छ । बीमाशुल्कमा सिटिजन र प्राइमसँगै आईएमई लाइफ र गुराँस लाइफबीच प्रतिस्पर्धा देखिएको छ ।

सिटिजन र प्राइममध्ये सबैभन्दा बढी बीमाशुल्क सिटिजनले आर्जन गरेको छ । सिटिजनले ९ महिनामा ३ अर्ब ९० करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन प्राइमको तुलनामा एक करोड ८ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा प्राइमले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।

त्यस्तै, अर्का दुई कम्पनी आईएमई लाइफ र गुराँस लाइफबीच टक्कर देखिएको छ । यी दुईमध्ये भने आईएमई लाइफ ५ करोड ५३ लाख रुपैयाँ बढीले अगाडि छ । गुराँसले २ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा आइएमई लाइफले २ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नियामक निकाय बीमा समितिका अुनसार सक्रिय बीमालेखमा भने रिलायबल नेपाल अग्रस्थानमा छ । ९ महिनामा इन्स्योरेन्सको बीमालेख संख्या बढेर ३५ लाख ४३ हजार २४४ वटा पुगेका छन् ।

त्यस्तै, सक्रिय बीमालेखमा नेशनल लाइफ र मेटलाइफ दोश्रो र तेश्रो स्थानमा रहेका छन् । जसमध्ये नेशनल लाइफको १२ लाख ३८ हजार ९१९ र मेटलाइफको ११ लाख २२ हजार ४७३ वटा बीमालेख सक्रिय रहेका छन् ।

सञ्चालनमा आएका १९ वटा जीवन बीमा कम्पनीहरुको कूल १ करोड १७ लाख ९१ हजार वटा बीमालेख सक्रिय रहेका छन् । चालु आवको पहिलो ९ महिनाको तथ्याङ्क हो ।

कुनको कति ? 

Share News