बलेफी हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । संस्थाको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ १० गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (जेठ५ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । संस्थाको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।

हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ १० गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (जेठ५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘बीएचल’ दिइएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९३.६४ रुपैयाँ र अधिकतम २८०.९२ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर रजिष्ट्रारमा काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । यससँगै कम्पनीको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम सो क्यापिटल मार्फत हुने छ ।

Share News