काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात ७ लाख ३१ हजार ९५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जेठ ११ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।