काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि (जेठ १३ गते) देखि दोश्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको सेयर जेठ १२ गते नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले भोलि शुक्रबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् ।
कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको ६ लाख ५६ हजार २५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १२११.७३ रुपैयाँ तोकेको छ । जसको सिम्बोल ‘यूएलबीएसएल’ दिइएको छ ।
साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।