प्रभु बैंकको सेयर १४५ रुपैयाँमा किनबेच

<p>काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो । २२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो ।

२२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी खरिदबिक्री भएका छन् ।

बैंकको एकैदिन कूल १९ करोड १८ लाख ९७ हजार ९५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये १ करोड ५८ लाख २२ हजार ९५६ रुपैयाँ बराबरको साधारण सेयर र बाँकी रहेको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

त्यस्तै, बैंकको कूल ९ लाख ४२ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये ८ लाख ८० हजार ३७५ कित्ता संस्थापक सेयर रहेको छ भने ६१ हजार ७०२ कित्ता साधारण सेयर रहेको छ ।

नेप्सेको फ्लोरसिटअनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं. ४ (ओपल सेक्युरिटज) मार्फत बैंकको संस्थापक सेयर खरिद बिक्री भएको देखिन्छ ।

संस्थापक सेयरको मूल्य १४५ रुपैयाँ रहेको बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन बिहीबारको तुलनामा प्रतिकित्ता २ रुपैयाँले घटी हो ।

यसकारण कारोबार हुन्छ संस्थापक सेयर ?
सामान्यतः सेयर बजारमा निरन्तर गिरावट आएको बेलामा संस्थापक सेयर बढी कारोबार हुने गरेको पाइन्छ । त्यस्तै, कुनै कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार पनि सो कम्पनीको संस्थापक सेयर किनबेच हुने ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् ।

‘प्रमोटर सेयर सँधै कारोबार हुँदैन,आकलझुकल हुन्छ, र संस्थापक सेयर किनबेच गर्ने प्रकृया लामो हुन्छ,’ पूर्वअध्यक्ष रानाभाटले विकासन्युजसँग भने ।

त्यस्तै, प्रभुको केशमा पनि सञ्चालक समितिको निर्णय अनुसार नै एउटाले ग्रुपले बेचेर अर्को ग्रुपले संस्थापक सेयर किनेको हुन सक्ने उनी बताउँछन् ।

समग्रमा शुक्रबारको सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्लो तीन दिन लगातार बढेको नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले घटेको छ ।

बजारमा कूल १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२३ कम्पनीको ४१ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबारमा आएकामध्ये होटल्स एण्ड टुरिजम बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

Share News