नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्यो, कति छ मूल्य ?

<p>काठमाडौं । दोश्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ १६ गते) देखि फुकुवा भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीको कारोबार आजदेखि खुलाइएको जानकारी गराएको छ । यससँगै लगानीकर्ताले बैंकको सेयर खरिद बिक्री गर्न पाउने भएका छन् । कारोबार [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुला भएको छ । एक वर्षअघिदेखि रोक्का रहेको बैंकको सेयर आज (जेठ १६ गते) देखि फुकुवा भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीको कारोबार आजदेखि खुलाइएको जानकारी गराएको छ । यससँगै लगानीकर्ताले बैंकको सेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।

कारोबार खुलेसँगै बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४०८.४९ रुपैयाँमा कारोबार भएको थियो । आज खुल्दा बैंकको सेयर प्रतिकित्ता ४०५ रुपैयाँमा खुलेको थियो । र, अहिलेसम्म घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरिसकेको थियो ।

यो समाचार तयार पार्दासम्म बैंकको सेयर बिक्री गर्नेको संख्या बढी छ । कम्पनीको मार्केट डेप्थअनुसार यो अवधिसम्म १ लाख ७५ हजार ९३७ कित्ता सेयर बिक्रीमा रहेको छ भने किन्न इन्छुक कोहि पनि देखिएका छैनन् ।

हिमालयन बैंकसँगको मर्जर प्रकृयामा जानको लागि नेप्सेले इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो । तर मर्जर प्रकृया भाँडिएर एक आपसबीच डिमर्ज भएसँगै नेप्सेले नेपाल राष्ट्र बैंकको पत्र अनुसार इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

Share News