सेयर बजारको ओरालो यात्रामा लागेन ‘ब्रेक’, दुई दिनमै ८६ अंकले घट्यो परिसूचक

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजेट अघि निरन्तर ओरालो लागेको बजार बजेटपछि पनि दैनिक रुपमा घटीरहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक भएपछि दुई दिन (सोमबार र मंगलबार) सेयर कारोबार भएको छ । यो अवधिमा परिसूचक ८६ अंकले ओरालो लागिसकेको छ । सोमबार ५०.३३ अंकले [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजेट अघि निरन्तर ओरालो लागेको बजार बजेटपछि पनि दैनिक रुपमा घटीरहेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक भएपछि दुई दिन (सोमबार र मंगलबार) सेयर कारोबार भएको छ । यो अवधिमा परिसूचक ८६ अंकले ओरालो लागिसकेको छ । सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार पनि ३५.५३ अंकले घटेको छ । र, मंगलबारको परिसूचक २१३७.९२ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो ।

सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार पनि घटेको छ । सोमबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ ।

मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने ७.३० रुपैयाँले घटेर प्रतिकित्ता ७५२.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको सेयर कारोबार भने प्रतिकित्ता ८७५ रुपैयाँसम्ममा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १५ रुपैयाँले घटी हो ।

घटेको बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा ११२.२० रुपैयाँले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो

सोमबार जस्तै मंगलबारको बजारमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबारको बजारमा मात्रै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरेको छ । त्यस्तै, सो दिन कारोबारमा आएका समूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मे देखिएका छन् ।

Share News