दुई दिनमा १४ अर्ब गुमाए इन्भेष्टमेन्ट बैंकका सेयरधनीले, मेगाका लगानीकर्ता पनि त्रासमा

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यहोरेका छन् । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि सोमबारबाट यस बैंकको सेयर किनबेच हुन थालेको हो । मर्जको प्रक्रियामा जानु पूर्व यस बैंकको सेयर प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको अन्तिम कारोबार प्रतिकित्ता ३३१ रुपैयाँमा खरिदबिक्री भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यहोरेका छन् । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि सोमबारबाट यस बैंकको सेयर किनबेच हुन थालेको हो ।

मर्जको प्रक्रियामा जानु पूर्व यस बैंकको सेयर प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको अन्तिम कारोबार प्रतिकित्ता ३३१ रुपैयाँमा खरिदबिक्री भएको छ ।

दुई दिनमा प्रतिकित्ता ७७ रुपैयाँ ४० पैसाले मूल्य घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा बैंकको १८ करोड ३० लाख कित्ता सेयर सूचिकृत छ । त्यस आधारमा यस बैंकका लगानीकर्ताले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ गुमाएका हुन् ।

इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य घट्दा मेगा बैंक नेपालका लगानीकर्ता पनि डराएका छन् । जेठ १३ गते मेघा बैंकको सेयर प्रतिकित्ता २६२ रुपैयाँका किनबेच भएको थियो । मंगलबार यस बैंकको सेयर प्रतिकित्ता २३३ रुपैयाँमा किनबेच भएको छ । कारोबार खुला भएको दुई दिनमा नै मेगा बैंकका सेयरधनीले प्रतिकित्ता २९ रुपैयाँ गुमाएका छन् ।

पछिल्लो समय बजारमा दुई बैंकबीच मर्जको तयारी भईरहेको समाचारहरु प्रकाशनमा आएका छन् । बैंकका उच्च अधिकारीहरुले पनि मर्जरमा विषयमा आपसी छलफल भइरहेको तर अन्तिम निर्णयको लागि अझै केही दिनु कुर्नुपर्ने बताएका छन् ।

इन्भेष्टमेन्ट बैंकमा मर्ज हुने समाचारसँगै मेगा बैंकको सेयर मूल्यमा उच्च वृद्धि थियो । तर इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुलेसँगै मूल्यमा दैनिक १० प्रतिशतको गिरावट आएपछि मेगाको पनि सेयर मूल्यमा गिरावट आएको छ ।

Share News