काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) को ३२ सय कित्ता संस्थापक सेयर बिक्री भएको छ । बैंकका संस्थापक सेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त सेयर बुधबार बिक्री भएको हो ।
बैंक सञ्चालक समितिका अनुसार बिक्रीमा रहेको उक्त सेयर सञ्चित कृष्ण श्रेष्ठले किनेका हुन् । सेयरका खरिदको लागि निवेदन दिएका उनले प्रतिकित्ता १८५ रुपैयाँको दरको कूल ३ हजार २ सय कित्ता सेयर कूल ५ लाख ९२ हजार रुपैयाँमा किनेका हुन् ।
बैंकले २०७८ चैत ७ गते सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा रहेको जानकारी गराएको थियो । संस्थापक सेयर किनबेच गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने कानुनी प्रावधान छ । तर कुनै पनि वहालवाला संस्थापक सेयरधनीहरु उक्त सेयर किन्न निवेदन नदिएकाले बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही सञ्चित कृष्ण श्रेष्ठलाई बिक्री नामसारी गर्ने निर्णय गरेको हो ।
साथै, उक्त सेयरहरु खरिद बिक्री नामसारी पश्चात नेपाल राष्ट्र बैंकलाई जानकारी समेत दिएको बैंकले जानकारी गराएको छ ।