बिहीबार १० प्रतिशतले बढ्यो बलेफी हाइड्रोको सेयर मूल्य, माउन्टेनको सर्वाधिक कारोबार

<p>काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । केही समयदेखि यता निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार पनि १८.२६ अंकले घटेर २११२.४७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो । बजारमा बढी कारोबार गर्ने र बढी सेयर मूल्य बढ्नेको अग्रस्थानमा हाइड्रो कम्पनी छन् । जसमा बढी कारोबार गर्नेको [&hellip;]</p>

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । केही समयदेखि यता निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार पनि १८.२६ अंकले घटेर २११२.४७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो ।

बजारमा बढी कारोबार गर्ने र बढी सेयर मूल्य बढ्नेको अग्रस्थानमा हाइड्रो कम्पनी छन् । जसमा बढी कारोबार गर्नेको शीर्ष स्थानमा माउन्टेन हाइड्रो नेपाल रहेको छ । बिहीबार हाइड्रोको सर्वाधिक कारोबार भएको छ । हाइड्रोको एकैदिन १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य पनि अघिल्लो दिनको तुलनामा ४.२० प्रतिशतले बढेर प्रतिकित्ता ३२० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बजारमा टप गेनरको शीर्ष स्थानमा बलेफी हाइड्रो छ । घटेको बजारमा पनि हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता १५३.३० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३.९० रुपैयाँले बढी हो ।

समग्रमा बिहीबारको बजारमा १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बिहीबार बढी प्रतिशतले सेयर मूल्य घट्नेमा प्रभु लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको सेयर मूल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ता ४१५ रुपैयाँमा झरेको छ ।

Share News