२१ सय बिन्दुबाट तल झर्यो नेप्से परिसूचक

<p>काठमाडौं । सेयर बजार परिसूचक २१ सय बिन्दुबाट तल झरेको छ । शुक्रबार कारोबार खुलेको आधा घण्टामै परिसूचक १३.४१ अंकले घटेर २०९९.०६ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले घटी हो । यो अवधिसम्म बजारमा १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १६६ कम्पनीको २ लाख ६३ हजार [&hellip;]</p>

काठमाडौं । सेयर बजार परिसूचक २१ सय बिन्दुबाट तल झरेको छ । शुक्रबार कारोबार खुलेको आधा घण्टामै परिसूचक १३.४१ अंकले घटेर २०९९.०६ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले घटी हो ।

यो अवधिसम्म बजारमा १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १६६ कम्पनीको २ लाख ६३ हजार ८९३ कित्ता सेयर खरिद बिक्री भएको हो ।

यो समाचार तयार पार्दासम्म सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा एनआईसी एशिया बैंक छ । एक घण्टा नबित्दै बैंकको १ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News