बिन्ध्यवासिनी हाइड्रोको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

<p>काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । जेठ २० गतेदेखिनै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै १.६९ गुणाले ओभर सब्सक्राइब भएको हो । सीडीएस एण्ड क्लियरिङका अनुसार आज अपरान्ह ५ बजेसम्म २ लाख ९९ हजार ५१६ जनाले ३६ करोड ७४ लाख [&hellip;]</p>

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । जेठ २० गतेदेखिनै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै १.६९ गुणाले ओभर सब्सक्राइब भएको हो ।

सीडीएस एण्ड क्लियरिङका अनुसार आज अपरान्ह ५ बजेसम्म २ लाख ९९ हजार ५१६ जनाले ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । उनीहरुले कूल ३६ लाख ७४ हजार ५९० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।

हाइड्रोले जेठ २० गते शुक्रबारबाट कूल १५ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये कर्मचारीलाई ४ प्रतिशत तथा सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको कूल १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा जेठ २५ गते अपरान्ह ५ बजेसम्म रहेको छ ।

Share News