आधा घण्टा नबित्दै १० प्रतिशतले घट्यो हिमालयन बैंकको सेयर मूल्य

<p>काठमाडौं । सोमबार कारोबार खुलेको आघा घण्टा नबित्दै हिमालयन बैंकको सेयर मूल्य घटेको छ । लामो समयसम्म रोक्का भई कारोबार खुलेको बैंकको सेयर मूल्य नियमित बजार खुलेको ३० मिनेट नबित्दै ९.९९ प्रतिशतले घटेको हो । पछिल्लो समय बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.७५ रुपैयाँमा भएको थियो । आज(जेठ २३) गतेको बजारमा बैंकको सेयर कारोबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । सोमबार कारोबार खुलेको आघा घण्टा नबित्दै हिमालयन बैंकको सेयर मूल्य घटेको छ । लामो समयसम्म रोक्का भई कारोबार खुलेको बैंकको सेयर मूल्य नियमित बजार खुलेको ३० मिनेट नबित्दै ९.९९ प्रतिशतले घटेको हो ।

पछिल्लो समय बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.७५ रुपैयाँमा भएको थियो । आज(जेठ २३) गतेको बजारमा बैंकको सेयर कारोबार प्रतिकित्ता ३९०.८० रुपैयाँमा खुलेको हो । त्यसपछिको कारोबार सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ३९.८५ रुपैयाँले घटेर प्रतिकित्ता ३५८.९० रुपैयाँमा झरेको छ ।

बजारमा बैंकको सेयर किन्ने कोही नभएपछि सेयर मूल्य घट्न पुगेको हो । मार्केट डेप्थअनुसार बैंकको ३१ हजार २३५ कित्ता सेयर बिक्रीमा रहेको छ ।

सम्बन्धित सामाग्री : हिमालयन बैंकको पनि खुल्यो सेयर कारोबार, कति छ मूल्य ?

Share News