इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

<p>काठमाडौं । इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत मेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफ कम्पनीको जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । इसेवाको अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट [&hellip;]</p>

काठमाडौं । इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत मेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफ कम्पनीको जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।

इसेवाको अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइने इसेवाले जानकारी दिएको छ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ कम्पीनीले जानकारी दिएको छ ।

यस्तै यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सक्नेछन् । साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

Share News