‘सेयर बजारमा लगानीकर्ताको खर्बौं डुब्यो, ४/१२ को क्याप हटाऔं’

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्याप हटाउन माग गरेका छन् । उक्त क्यापले गर्दा लगानीकर्ताको खर्बौंको सम्पत्ति डुबेको भन्दै उनले सो क्यापलाई हटाउन माग गरेका हुन् । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्याप हटाउन माग गरेका छन् । उक्त क्यापले गर्दा लगानीकर्ताको खर्बौंको सम्पत्ति डुबेको भन्दै उनले सो क्यापलाई हटाउन माग गरेका हुन् ।

नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तर्किया कार्यक्रममा उनले सो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले सेयर धितोमा ४ करोड र १२ करोडको सीमा तोकिदिएको हो । उक्त व्यवस्थासँगै पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । र, बजार घटेसँगै अधिकांश लगानीकर्ताहरुले आफ्नो अर्बौंको सम्पत्ति गुमाइसकेका छन् ।

Share News