दुई इन्स्योरेन्ससहित ५ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता, बोर्डले दियो स्वीकृति

<p>काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ५ वटा कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित ५ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक, आरबिबि म्युचुअल फण्ड १ र एनआईबिएल समृद्धि फण्ड २ लाई योग्य संस्थागत लगानीकर्ताको मान्यता [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ५ वटा कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित ५ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।

बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक, आरबिबि म्युचुअल फण्ड १ र एनआईबिएल समृद्धि फण्ड २ लाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा ९५ वटा संस्था रहेकोमा उक्त संख्या बढेर १०० पुगेको छ ।

योग्य संस्थागत लगानीकर्ता भनेको के हो ?

बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।

Share News