काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता नवीकरण गराउन आग्रह गरेको छ । बोर्डले आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को अनुमतिपत्र नविकरण गराउन आग्रह गरेको हो ।
जसको लागि बोर्डले यो जेठ मसान्तसम्मको समय दिएको छ । यससँगै अनुमति पत्र नविकरण गराउन निवेदन पेश नगरेका आस्वा सदस्यहरुले जेठ ३१ गतेभित्र निवेदन दिन सक्नेछन् ।
साथै, बोर्डका अनुसार उनीहरुले नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेका योग्यता पुरा भएको जनाउने विवरणसहित निवेदन पेश गर्नुपर्ने छ ।