काठमाडौं । हिमालयन बैंकको सेयर मूल्य मंगलबार पनि घटेको छ । मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले घटीसकेको छ ।
यो समाचार तयार पार्दा (११ः२०) सम्म बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता ३२३.१० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३५.८० रुपैयाँले घटी हो ।
दोश्रो बजारमा लामो समयसम्म रोक्का रहेको बैंकको सेयर कारोबार हिजो (जेठ २३ गते) देखि फुकुवा भएको हो । कारोबार शुरु भएको पहिलो दिनमै बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको थियो । आज दोश्रो दिन पनि सर्किट लेभलमा घटीसकेको छ । र, दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७५.६५ रूपैयाँले सस्तो भएको छ ।