राताम्मे बजारमा दुई बैंकको कारोबार शीर्ष स्थानमा

<p>काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । पछिल्लो समय दैनिक घटीरहेको बजारले मंगलबार पनि निरन्तरता पाएको हो । कारोबार खुलेदेखि निरन्तर घटेको नेप्से परिसूचक अन्त्यमा ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२१ प्रतिशतले घटी हो । घटेको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे भएको छ । पछिल्लो समय दैनिक घटीरहेको बजारले मंगलबार पनि निरन्तरता पाएको हो ।

कारोबार खुलेदेखि निरन्तर घटेको नेप्से परिसूचक अन्त्यमा ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२१ प्रतिशतले घटी हो ।

घटेको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३४ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा वाणिज्य बैंक रहेका छन् ।

मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा कुमारी बैंक छ । बैंकको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यी दुईको सेयर मूल्य प्रतिकित्ता क्रमशः ७०८.९० र २०१.५० रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा एनआईसीको सेयर मूल्य प्रतिकित्ता १८.१० र कुमारीको २.५० रुपैयाँले घटी हो ।

त्यस्तै, टप लुजरको अग्रस्थानमा पनि वाणिज्य बैंक छ । हिमालयन बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता ३२३.१० रुपैयाँमा झरेको छ । जुन सोमबारको तुलनामा ३५.८० रुपैयाँले घटी हो ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १९३.२० रुपैयाँले घटेर प्रतिकित्ता २१२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । बजारमा निर्जीवन बीमा समूहको सबैभन्दा बढी अर्थात १३९.७८ अंकले घटेको हो ।

Share News