४/१२ करोडको नीतिमा सहजीकरण गर्ने गभर्नरको आश्वासन

<p>काठमाडौं । सेयर बजारका लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । नेपाल पुँजीबजार संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले मंगलबार गभर्नरलाई भेटेका हुन् । भेटमा लगानीकर्ताहरुले सेयर बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष पोखरेलका अनुसार उक्त टोलीले सेयर बजारमा परेको दवाव, सेयर धितोमा ४ करोड र १२ करोडको क्याप, [&hellip;]</p>

काठमाडौं । सेयर बजारका लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । नेपाल पुँजीबजार संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले मंगलबार गभर्नरलाई भेटेका हुन् ।

भेटमा लगानीकर्ताहरुले सेयर बजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष पोखरेलका अनुसार उक्त टोलीले सेयर बजारमा परेको दवाव, सेयर धितोमा ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका हुन् ।

लगानीकर्ताको भनाइलाई ध्यानमा लिँदै गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भीर रुपले अध्ययन गर्ने बताएका लगानीकर्ता पोखरेलले भनिन् । साथै, अधिकारीले त्यसतर्फ कसरी सहजिकरण गर्नको लागि छलफल अगाडि बढाउने समेत बताएका पोखरेलले जानकारी गराइन् ।

‘हामीले अहिलेको अवस्थामा ४ करोड र १२ करोडलाई खारेजी नै गर्न सकिन्न भने पनि त्यसलाई परिपत्रबाट जारी गरेर समय बढाउन सुझाव दियौं,’ अध्यक्ष पोखरलले भनिन्- ‘त्यसमा गर्भनरज्यूले अहिले नै यो गर्छौं भन्ने अवस्था छैन तर पनि योभन्दा कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्छौं भन्नुभयो ।’

संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले बजार सुधारका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गरिनुपर्ने माग छ । त्यस्तै, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडीमा नै कायम गर्न माग गरेका छन् ।

त्यसैगरी, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्न र पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत लगानीकर्ताको माग छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएसँगै लगानीकर्ता र अधिकारीबीच भेटवार्ता भएको हो । तर सोमबार हुने भनिएको भेटवार्ता गभर्नर अधिकारीको व्यस्तताले गर्दा एक दिन पछि सरेको हो ।

सम्बन्धित सामग्री : गभर्नरलाई प्रधानमन्त्रीको फोन : पुँजी बजारको समस्या तत्काल समाधान गर्नुस्

Share News