एकाएक सेयर बजारमा छायो हरियाली, परिसूचक ६० अंकले बढ्दा यी कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटीरहेको बजारमा बुधबार हरियाली छाएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक गत जेठ ११ गतेदेखि निरन्तर घटीरहेको थियो । त्यसयताको कारोबारमा परिसूचक एकदिन पनि नबढी निरन्तर १९६ बिन्दुले घटीसकेको थियो । जेठ ११ भन्दा अघि अर्थात करिब ६/७ महिनादेखि भने परिसूचक घटबढ [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटीरहेको बजारमा बुधबार हरियाली छाएको हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक गत जेठ ११ गतेदेखि निरन्तर घटीरहेको थियो । त्यसयताको कारोबारमा परिसूचक एकदिन पनि नबढी निरन्तर १९६ बिन्दुले घटीसकेको थियो । जेठ ११ भन्दा अघि अर्थात करिब ६/७ महिनादेखि भने परिसूचक घटबढ घटबढको अवस्थामा थियो ।

तर, बुधबारको बजारमा भने परिसूचक ६०.२२ अंकले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९८ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बजारमा एक अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३३ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बुधबार कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जुन पछिल्लो केही दिनयता राताम्मे थिए । बुधबार सबैभन्दा बढी जीवन बीमा समूह २९३.१३ अंकले बढेको छ ।

हरियाली छाएको बजारमा करिब ४ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भइरहेको छ । उपकार लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, १०, ९.९६ र ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.४४ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२८ प्रतिशतले बढेको छ ।

बजारमा हिमालयन बैंक, माउन्टेन हाइड्रो नेपालसहित अन्य ५ वटा (म्युच्युअल फण्ड र ऋणपत्र) टप लुजरमा रहेका छन् । जसमध्ये हिमालयन बैंकको सेयर मूल्य ०.९६ र माउन्टेन हाइड्रोको सेयर मूल्य ४.११ प्रतिशतले घटेर क्रमशः ३२० र ३१० रुपैयाँमा झरेको छ ।

पछिल्लो केही दिन यता बजार निरन्तर घटेसँगै बजारसम्बन्धित लगानीकर्ता संगठनका लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गर्नेदेखि राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउनेसम्मका गृहकार्य गरेका छन् । यता अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा आफू बजारप्रति सकारात्मक रहेको बताएका छन् । उनले बजारको समस्या सुधारको लागि सुझाव समिति गठन गरेको जानकारी गराएसँगै त्यसको सकारात्मक प्रभाव आजको बजारमा परेको देखिन्छ ।

सम्बन्धित समाचार

सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति

Share News