सेबोनको ८ कार्ययोजना : बुक बिल्डिङदेखि एसएमई प्लेटफर्मको छुट्टै व्यवस्था गर्नेसम्म

<p>काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कार्य योजनाको तयार पारेको छ । नेपालको पुँजी बजार सुधारको लागि बोर्ड विभिन्न ८ वटा कार्य योजनासाथ अघि बढाएको हो । जसमा राष्ट्रिय पुँजी निर्माण र परिचालनदेखि साना तथा मझौला व्यवसायीलाई पुँजीबजारमा प्रवेश गराउनेसम्म रहेको छ । बोर्डले राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई प्रोत्साहन गर्दै [&hellip;]</p>

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कार्य योजनाको तयार पारेको छ । नेपालको पुँजी बजार सुधारको लागि बोर्ड विभिन्न ८ वटा कार्य योजनासाथ अघि बढाएको हो ।

जसमा राष्ट्रिय पुँजी निर्माण र परिचालनदेखि साना तथा मझौला व्यवसायीलाई पुँजीबजारमा प्रवेश गराउनेसम्म रहेको छ ।

बोर्डले राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई प्रोत्साहन गर्दै जाने छ । बुक बिल्डिङ प्रणाली संचालनमा ल्याउन अन्तर्रराष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम शुरुवात गर्ने बोर्डको योजना छ ।

वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजार मर्फत पुँजी परिचालन गर्न प्रोत्साहित गर्ने बोर्डले जनाएको छ । साथै, बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गर्न आवश्यक रहेको छ । बजारमा एसएमई प्लेटफर्मको छुट्टै व्यवस्था गर्ने तथा साना तथा मझौला व्यवसायीलाई पुँजीबजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र एनआरएनलाई पुँजी बजारमा प्रवेश गराउने बोर्डको योजना छ ।

बोर्डको योजना अनुसार बोर्डले ठुला तथा स्थापित कम्पनीहरुमा जनताको स्वामित्व बढाई पुँजी बजारलाई थप विस्तार गर्नुपर्ने छ । बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गरिने कार्यक्रममा जनाइएको छ ।

बोर्डले विभिन्न समस्या र चुनौती दुबैको बाबजुत यी कार्ययोजना अघि बढाएको हो । अहिलेको अवस्थामा बोर्डलाई भौतिक पूर्वाधार तथा सूचना प्रविधि, बोर्डको स्वायत्तता, वितीय साक्षरता, कानुनी पूर्वाधार, रियल टाइम सर्भिलेन्स सिस्टम, वास्तिविक क्षेत्रका कम्पनीको न्यून उपस्थिति, बजार सहभागीहरुको सुशासन अभ्यास र धितोपत्र औजारको विविधिकरण रहेको छ ।

नेपाल धितोपत्र बोर्डले जेठ २५ गते ३०औं वार्षिकोत्सव मनाएको छ । बोर्डले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो ३०औं वार्षिकोत्सव बताउँदै सो जानकारी गराएको हो ।

Share News