एकदिन पनि टिकेन नेप्सेको हरियाली, साढे एक अर्बको कारोबारमा कुमारी बैंकको सर्वाधिक

<p>काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । लामो समय पछि बुधबार हरिलायी छाएको बजार बिहीबार पुनः राताम्मे भएको छ । बिहीबारको बजारमा नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशतले घटी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९९ अंकले [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । लामो समय पछि बुधबार हरिलायी छाएको बजार बिहीबार पुनः राताम्मे भएको छ ।

बिहीबारको बजारमा नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशतले घटी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९९ अंकले घटेर ३९६.३९ बिन्दुमा झरेको छ ।

दिनभरको कारोबारमा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२९ वटा स्क्रिप्स् कारोबारमा आएको बजारमा कूल ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ ।

बैंकको एकैदिन ६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता २०९ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा बराबर हो ।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । जसमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५७२.४० रुपैयाँमा किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २३३.८० रुपैयाँले बढी हो ।

त्यस्तै, बलेफी हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २४६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको सेयर मूल्य ६.६१ प्रतिशतले झरेर प्रतिकित्ता २३६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १६.७० रुपैयाँले घटी हो ।

त्यस्तै, बुधबार हरिया भएका सबै समूह बिहीबार राताम्मे भएका छन् । जसमध्ये निर्जीवन बीमा समूह ७८.८४ अंकले घटेर ८५७९.९५ बिन्दुमा झरेको छ ।

Share News