शुक्रबारको सेयर कारोबार ८९ करोडमा सीमित, शीर्ष स्थानमा तीन वाणिज्य बैंक

<p>काठमाडौं । शुक्रबारको सेयर कारोबार रकम ८९ करोड रुपैयाँमा सीमित भएको छ । घट्दो बजारमा पनि एक सय करोड माथिको कारोबार भएको बजारमा शुक्रबार भने ८९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । जुन लामो समययताकै न्यून हो । न्यून कारोबार भएको बजारमा बढी कारोबार गर्नेको शीर्ष स्थानमा तीन वाणिज्य बैंक छन् । जसमध्ये [&hellip;]</p>

काठमाडौं । शुक्रबारको सेयर कारोबार रकम ८९ करोड रुपैयाँमा सीमित भएको छ । घट्दो बजारमा पनि एक सय करोड माथिको कारोबार भएको बजारमा शुक्रबार भने ८९ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

जुन लामो समययताकै न्यून हो । न्यून कारोबार भएको बजारमा बढी कारोबार गर्नेको शीर्ष स्थानमा तीन वाणिज्य बैंक छन् । जसमध्ये कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख र मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बढी कारोबार भएका यी तीन वटै बैंकको सेयर मूल्य घटेको छ । कुमारी बैंकको सेयर मूल्य ०.२४ प्रतिशतले घटेर प्रतिकित्ता २०८.५० रुपैयाँ, इन्भेष्टमेन्ट बैंकको २.२५ प्रतिशतले घटेर २६५ रुपैयाँ र मेगाको १.३१ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यता सेयर मूल्य मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले घटी हो ।

घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । जसमा ग्रीन भेन्चर्स र रउपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

सामुदायिक लघुवित्तको सेयर मूल्य भने ५.७५ प्रतिशतले घटेर प्रतिकित्ता १४४२.१० रुपैयाँमा झरेको छ ।

Share News