वाणिज्य बैंकको सेयर मूल्य २०० भन्दा तल, सस्तोमा सेयर किन्ने अवसर

<p>काठमाडौं । सेयर बजार घट्दै जाँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर जुरेको छ । बाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल झरेको छ । सेन्चुरी कमर्शियल बैंकको सेयर शुक्रबार १९६ देखि १९९ रुपैयाँमा किनबेच भएको छ । बैंकको सेयर तीन वर्षपछि २०० रुपैयाँ भन्दा तल झरेको हो । एक वर्षअघि यस बैंकको सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । सेयर बजार घट्दै जाँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर जुरेको छ । बाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल झरेको छ ।

सेन्चुरी कमर्शियल बैंकको सेयर शुक्रबार १९६ देखि १९९ रुपैयाँमा किनबेच भएको छ । बैंकको सेयर तीन वर्षपछि २०० रुपैयाँ भन्दा तल झरेको हो ।
एक वर्षअघि यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँसम्ममा कारोबार भएको थियो । एक वर्षका कम्पनीको सेयर मूल्य करिव ३९ प्रतिशतले घटेको छ ।

बुधबार सिभिल बैंकको सेयर पनि प्रत्तिकित्ता १९६ रुपैयाँमा कारोबार भएको थियो । एक वर्षअघि यस बैंकको सेयर ३१६ रुपैयाँसम्ममा किनबेच भएको थियो । यस बैंकको सेयर मूल्य पनि एक वर्षमा ३८ प्रतिशतले घटेको छ ।

सेन्चुरी र सिभिल जस्ता नयाँ बैंकको मात्र होइन, पुराना बैंकहरुको सेयर मूल्य पनि २००को हाराहारीमा झरेको छ । कुमारी बैंकको सेयर यसै साता प्रतिकित्ता २०० रुपैयाँमा किनबेच भयो । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर पनि यो सातामा २०२ रुपैयाँमा किनबेच भयो । एक वर्षअघि प्रतिकित्ता यस बैंकको सेयर ४०७ रुपैयाँमा किनबेच भएको थियो ।

सनसाइज बैंकको २१२, लक्ष्मी बैंकको सेयर २१५ र बैंक अफ काठमाण्डूको सेयर मूल्य यो साता २१५ रुपैयाँसम्ममा झरेको छ । सिटिजन्स बैंकको २२३, मेगा बैंकको २२६, प्रभु बैंकको २३७, माछापुच्छ«े बैंकको सेयर मूल्य २४५ रुपैयाँमा झरेको छ ।

पुराना, ठूला र स्थापित बैंकहरुको सेयर मूल्य पनि ३०० रुपैयाँ भन्दा कममा कारोबार भैरहेको छ । ग्लोबल आईएमई बैंक र इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य २६५ रुपैयाँमा झरेको छ । एनएमबी बैंकको २६८, प्राइम बैंकको २७२, सानिमा बैंकको २८५, नेपाल बैंकको २९०, नेपाल एसविआई बैंकको २९६ रुपैयाँमा किनबेच भैरहेको छ ।

हिमालयन बैंकको सेयर ३१६, कृषि विकास बैंकको ३३५, सिद्धार्थ बैंकको ३३६ रुपैयाँमा कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३९७ रुपैयाँमा झरेको छ ।

सेयरको सबैभन्दा बढी मूल्य नविल बैंकको छ । शुक्रबार यस बैंकको सेयर प्रतिकित्ता ८४८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो महाँगो सेयर एनआईसी एशिया बैंकको ७१६ रुपैयाँमा किनबेच भएको छ । तेस्रो महँगो एभरेष्ट बैंकको सेयर मूल्य ४५८ रुपैयाँमा झरेको छ ।

Share News