बुटवल । लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुलाई नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशनले कर, भन्सार तथा भिसिटीएस बारे तालिम दिएको छ ।
शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको तालिम कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा रहेको थियो ।
तालिमको उद्घाटन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले सदस्यहरुको समस्या सँग जुध्न र उहाँहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताएका थिए । उनले सबै क्षेत्रको व्यवसायीको ब्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताए ।
भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा जानकारी दिएका थिए । त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन गरेको र यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।
यस्तै राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भि सि टी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए ।
कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।