सिवाईसी नेपालको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

<p>काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुने छ [&hellip;]</p>

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘सिवाईसीएल’ दिइएको छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै भोलि अर्थात सोमबारको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Share News