अब शनिबारबाहेक सबै दिन सेयर बजार खुल्ने

<p>काठमाडौं । अब शनिबारबाहेक सबैदिन सेयर बजार खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो । सो विषयमा छलफल भइरहेको नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बताए । ‘कारोबार दिन अब शुक्रबार पनि थप्न सकिन्छ की भनेर सोधखोज [&hellip;]</p>

काठमाडौं । अब शनिबारबाहेक सबैदिन सेयर बजार खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो ।

सो विषयमा छलफल भइरहेको नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बताए ।

‘कारोबार दिन अब शुक्रबार पनि थप्न सकिन्छ की भनेर सोधखोज गरिरहेका छौं, भयो भने थपिन्छ,’ फुयाँलले भने ।

हाल सो विषयमा छलफल गरिरहेको नेप्सेले निर्णय गर्न भने बाँकी छ । सो निर्णय गर्नलाई धितोपत्र बोर्डको स्वीकृति नचाहिँने बताउँदै फुयाँलले सम्भवतः असारदेखि साताको ६ दिननै कारोबार हुन सक्ने बताए ।

‘अब निर्णय गर्दा हप्ताको ६ दिन नै सेयर कारोबार खुलाउने गरी अघि बढ्ने छलफल भएको छ, तर निर्णय भने हुन बाँकी छ,’ उपमहानिर्देशक फुयाँलले विकासन्युजसँग भने ।

यसअघि नेप्सेले आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुलाएको थियो । बीचमा सरकारले शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खुलाउँदै आएको छ । तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबारसँगै अब शुक्रबार पनि खुला गर्ने तयारी गरिरहेको छ ।

कारोबार दिन थप्ने तयारी गरेको नेप्से कारोबार समय भने एउटै कायम गर्ने मनसायमा छ ।

‘कारोबार समय सबैदिन एउटै अर्थात बिहान ११ बजेदेखि ३ बजेसम्म नै हुन्छ,’ फुयाँलले भने ।

हालसम्म सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) खुल्दै आएको छ । नेप्सेको तयारी अनुसार नै निर्णय भएमा अब असारदेखि आइतबारदेखि शुक्रबारसम्म दैनिक चार घण्टा सेयर कारोबार खुल्ने छ ।

Share News