काठमाडौं । दोश्रो बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३८२.२ रुपैयाँमा भएको छ । जेठ ३० गते सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३८२.२ रुपैयाँमा कारोबार भएको हो ।
केही समयअघि आईपीओ जारी गरेको कम्पनीको सेयर गत जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । र, आजदेखि दोश्रो बजारमा कारोबार शुरु भएको हो ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै कम्पनीको सेयर ‘सिवाईसीएल’ सिम्बोलबाट कारोबार हुने छ ।