एक्सेल डेभलपमेन्टले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई नेपाल [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।

प्रस्तावित लाभांश हालसम्मकै न्यून हो । संस्थाले आर्थिक वर्ष २०६७/६८देखि आर्थिक वर्ष २०७६र७७ सम्ममा सेयरधनीलाई न्यूनतम १२.६३ र अधिकतम ५२.६४ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

Share News