काठमाडाैं । खुलेको आधा घण्टामै सेयर बजार ३२.४२ अंकले घटेको छ । बुधबार ११ बजेर ३० मिनेट जाँदा सेयर बजार ३२.४२ अंकले घटेको हो ।
यो समाचार तयार पार्दासम्म सेयर बजारमा ८ लाख २२ हजार १९१ कित्ता सेयर खरिद बिक्रीबाट कुल ३० करोड २५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा बैंकिङ क्षेत्रको स्वामित्व बढी छ । बुधबार नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर साउनदेखि नियमनमा कडाइ गर्ने बताएको थियो ।
राष्ट्र बैंकले सीईओहरुलाई सबै नीति नियमहरु पालना गर्न र पालना नगरे तत्काल कारवाही गर्ने चेतावनी पनि दिएको थियो । यसले पनि सेयर बजारमा प्रभाव पारेको बुझ्न सकिन्छ ।