स्वास्थ्य बीमा कम्पनीमार्फत अघि बढाउने व्यवस्था लागू गर्दिन : मन्त्री खतिवडा

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कम्पनीमार्फत गरिने स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन नगर्ने बताएका छन् । असार १ गतेको प्रतिनिधिको सभामा बोल्दै खतिवडाले आगामी आर्थिक वर्ष २०७९/८० बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम कार्यान्वयन नगर्ने बताएका हुन् । स्वास्थ्यमन्त्री खतिवडाले आफू स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने भन्दै सो बताएका हुन् । यसअघि [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कम्पनीमार्फत गरिने स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन नगर्ने बताएका छन् । असार १ गतेको प्रतिनिधिको सभामा बोल्दै खतिवडाले आगामी आर्थिक वर्ष २०७९/८० बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम कार्यान्वयन नगर्ने बताएका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडाले आफू स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने भन्दै सो बताएका हुन् ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमार्फत स्वास्थ्य बीमालाई बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने उनले बताएका छन् । साथै, सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । सरकारले स्वास्थ्य बीमालाई दिगो बनाउने सो व्यवस्था गरेको हो ।

Share News