काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्काशनको गृहकार्य थालेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट सेयरको प्रिमियम रकम तय गर्दैैछ ।
बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्नको लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल डाकेको छ । कम्पनीले ग्लोवल आईएमई क्यापिटल, एनआईविएल क्यापिटल, प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने भने कम्पनीको विवरणपत्र र लेखापरिक्षण प्रतिवदेन पनि सार्वजनिक गरेको छ ।
यसअघि यस कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्ने क्रममा नियामकलाई प्रभावित पारेर बढी मूल्यमा सेयर निष्काशन गर्न लागेको आरोप लागेको थियो । सोही विवादमा कारण नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगान र नेपाल स्टक एक्स्चेञ्जमा महाप्रबन्धक चन्द्रसिंह साउदको जागिर गएको थियो ।