नेप्सेले तय गर्यो ६ दिन खुल्ने सेयर बजारको कारोबार समय

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले असार महिनादेखि सातामा ६ दिन सेयर कारोबार खुलाउने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले जेठ २३ गते एक सूचना जारी गर्दै अब शनिबार बाहेक साताको ६ दिन नै सेयर कारोबार खुलाउने निर्णय गरेको हो । जसको लागि नेप्सेले कारोबार समय पनि तय गरिसकेको छ । सो [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले असार महिनादेखि सातामा ६ दिन सेयर कारोबार खुलाउने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले जेठ २३ गते एक सूचना जारी गर्दै अब शनिबार बाहेक साताको ६ दिन नै सेयर कारोबार खुलाउने निर्णय गरेको हो ।

जसको लागि नेप्सेले कारोबार समय पनि तय गरिसकेको छ । सो अनुसार आइतबारदेखि बिहीबारसम्म हालकै नियमित समय अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) कारोबार खुल्ने छ । त्यस्तै, हरेक शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (२ घण्टा) खुल्ने नेप्सेको कारोबार शाखाले जानकारी गराएको छ ।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै नेप्सेले नयाँ व्यवस्था गरेको हो । यससँगै दोश्रो बजारका लगानीकर्ताले सातामा ६ दिननै सेयर किनबेच गर्न पाउने भएका छन् । सो अनुसार लगानीकर्ताले भोलि जेठ ६ गते शुक्रबार पनि दुई घण्टा सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

यसअघि सातामा ५ दिन मात्रै सेयर कारोबार खुल्ने गरेको थियो ।

Share News