सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट सम्पन्न

<p>बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले करिब २०० भन्दा बढी आभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको सहभगिता रहेको थियो । प्रदेश प्रमुख, [&hellip;]</p>

बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले करिब २०० भन्दा बढी आभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको सहभगिता रहेको थियो ।

प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।

कम्पनीको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई सुर्य लाइफले सम्मान गरेको थियो ।

 

Share News