दुई घण्टामा ७३ करोडको सेयर कारोबार, सबैभन्दा बढी एनटीसीको

<p>काठमाडौं । शुक्रबारको सेयर बजारमा ७३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दुई घण्टा खुलेको उक्त बजारमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुलेको बजारमा २२० वटा स्क्रिप्स कारोबारमा आएका छन् । सो अवधिमा २३ लाख ५५ हजार १ कित्ता सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । शुक्रबारको सेयर बजारमा ७३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दुई घण्टा खुलेको उक्त बजारमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुलेको बजारमा २२० वटा स्क्रिप्स कारोबारमा आएका छन् । सो अवधिमा २३ लाख ५५ हजार १ कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबारको बजारमा पनि एनटीसीको अन्य कम्पनीको भन्दा सर्वाधिक सेयर कारोबार भएको थियो ।

त्यसपछि सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा अधिकांश वाणिज्य बैंकहरु रहेका छन् । सेञ्चुरी कमर्शियल, एनसीसी, कुमारी, लक्ष्मी, एनआईसी एशिया र सिटिजन्स बैंक बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका छन् ।

शुक्रबारको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले घटी हो ।

घटेको बजारमा पनि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ । संस्थाको सेयर मूल्य एकैदिन ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ५४.२० रुपैयाँले बढी हो ।

सबैभन्दा बढी सेयर मूल्य घट्नेमा रिभर फल्स पावर अग्रस्थानमा छ । बिहीबार सकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य बिहीबार ५.९३ प्रतिशतले घटेर प्रतिकित्ता २७३ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बजारमा म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

नेप्सेले असारदेखि शुक्रबार पनि सेयर कारोबार खोल्ने नयाँ व्यवस्था गरेको छ । सो व्यवस्था पछि शुक्रबार कारोबार भएको आज पहिलो दिन हो । सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार खुल्ने छ । जबकी अन्य दिन अर्थात आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार खुल्दै आएको छ ।

Share News