काठमाडौं । निरन्तर घट्दो बजारमा नेप्से परिसूचक घटेर २ हजारभन्दा तल झरिसकेको छ । साताको पहिलो दिनको कारोबारमा परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको हो ।
जुन अघिल्लो कारोबारको तुलनामा १.८९ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकम भने गत शुक्रबारको तुलानामा बढेको छ । ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आइतबार १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
पछिल्लो समय नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को दैनिक सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने निरन्तर घटीरहेको छ ।
एनटीसी पछि बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक छन् । आइतबार एनसीसीको ५ करोड ६४ लाख, सेञ्चुरी कमर्शिलयको ४ करोड ८२ लाख, नबिलको ४ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घटेको बजारमा पनि आँखुखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतल बढेको छ । बजारमा संस्थाको सेयर मूल्य ९.९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३९ मा अन्तिम कारोबार भएको छ । रिभर फल्स पावरको सेयर भने प्रतिकित्ता ९.५६ अंकले घटेर प्रतिकित्ता २४६.९० रुपैयाँ कायम भएको छ ।
कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा कारोबारमा सबै समूह राताम्मे देखिएका छन् ।