बुढानिलकण्ठ हेरिटेजको ७३ प्रतिशत हकप्रद सेयर खुला

<p>काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ७३.०४१ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । हेरिजेटले असार ४ गतेदेखि सो मात्रा अर्थात ३५ लाख ८७ हजार ८७० कित्ता हकप्रद सेयर जारी गरेको हो । उक्त हकप्रद सेयरमा गत जेठ ३ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । इच्छुक सेयरधनीले असार ४ गतेदेखि उता [&hellip;]</p>

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ७३.०४१ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । हेरिजेटले असार ४ गतेदेखि सो मात्रा अर्थात ३५ लाख ८७ हजार ८७० कित्ता हकप्रद सेयर जारी गरेको हो ।

उक्त हकप्रद सेयरमा गत जेठ ३ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । इच्छुक सेयरधनीले असार ४ गतेदेखि उता ३५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ । उनीहरुले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको बुढालिकण्ठ तौलुङमा रकमसहित दरखास्त फारम बुझाउन सक्नेछन् ।

हेरिटेजको विशेष साधारण सभाले पारित गरेसँगै कम्पनीले हकप्रद सेयर निष्काशन गरेको हो । जसको विशेष साधारण सभा गत जेठ ४ गते सम्पन्न भएको थियो ।

Share News