थामिएन सेयर बजारको पहिरो, १९ सय बिन्दुबाट तल झर्यो नेप्से परिसूचक

<p>काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक १९ सय बिन्दुबाट पनि तल झरेको छ । सोमबार कारोबार शुरु भएको ३० मिनेटको अवधिमै परिसूचक ३९.०१ अंकले घटेर १८९५.१० बिन्दुमा झरेको छ । परिसूचक गत साता २ हजारको बिन्दुमा थियो । तर, एक सातामै परिसूचक एकसयभन्दा बढी बिन्दुले घटी सकेको छ । यो अवधिमा १७ करोड ६३ [&hellip;]</p>

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक १९ सय बिन्दुबाट पनि तल झरेको छ । सोमबार कारोबार शुरु भएको ३० मिनेटको अवधिमै परिसूचक ३९.०१ अंकले घटेर १८९५.१० बिन्दुमा झरेको छ ।

परिसूचक गत साता २ हजारको बिन्दुमा थियो । तर, एक सातामै परिसूचक एकसयभन्दा बढी बिन्दुले घटी सकेको छ ।

यो अवधिमा १७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ ।

त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबार खुलेको ३० मिनेटमै रिभर फल्स पावर र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

Share News