नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो १८ करोड ११ लाखको घरजग्गा

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको घरजग्गा किनेको छ । कम्पनीले पोखराको न्यूरोडमा २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो । जसमा ८३ लाख २५ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क पनि जोडिएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले आफ्नो व्यवसायिक एवं कार्यालय प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा १८ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको घरजग्गा किनेको छ । कम्पनीले पोखराको न्यूरोडमा २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो ।

जसमा ८३ लाख २५ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क पनि जोडिएको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले आफ्नो व्यवसायिक एवं कार्यालय प्रयोजनको लागि घरजग्गा खरिद गरेको इन्स्योरेन्सका कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी गराएका छन् । इन्स्योरेन्सले सञ्चालक समितिको निर्णय र बीमा समितिको स्वीकृति अनुसार उक्त स्थानमा घरजग्गा जोडेको समेत उनले बताए ।

Share News